मुख्य सचिवमा सोमलाल सुवेदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुख्य सचिवमा सोमलाल सुवेदी



काठमाडौं । सरकारले मुख्य सचिवमा सोमलाल सुवेदीलाई बढुवा गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले वरिष्ठताका आधारमा दोस्रो वरियतामा रहेका सुवेदीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सुवेदीले दुई दिन कायममुकायम मुख्य सचिवको रुपमा काम गरेपछि स्वत मुख्य सचिवको जिम्मेवारी पाउनेछन् । तत्कालिन मुख्य सचिव लिलामणि पौड्यालको कार्यकाल पर्सी शुक्रवार सकिदैछ । सुवेदी पछिल्लो पटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव थिए ।

तीन दशकभन्दा लामो समयदेिख निजामित सेवामा रहेका सुवेदी स्थानीय विकास विज्ञ पनि मानिन्छन् । खरिदारबाट बत्तिस वर्षअघि सरकारी सेवामा प्रवेश गरेका सुवेदी आर्थिक मामिलामा विवादमा परेका छैनन् । खुला प्रतिष्पर्धाबाट उपसचिव र सहसचिव भएका उनले यी दुवै पदमा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताए । सचिव भएपछि श्रम तथ वैदेशीक रोजगार र शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा काम गरिसकेका छन् । सचिव भएपछि मन्त्रिपरिषद्को सचिवको रुपमा काम गरेका सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव भएका हुन् ।

प्रकाशित : २० श्रावण २०७२, बुधबार ११:४८