जलविद्युत लगानी तथा विकास कम्पनीले लाभांश प्रस्ताव गर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जलविद्युत लगानी तथा विकास कम्पनीले लाभांश प्रस्ताव गर्यो ?



काठमाडाै । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुंजीको ५ प्रतिशत रकम (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५ प्रतिशत हुन् आउने ५० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीको उक्त प्रस्ताव नेपाल सरकारको स्वीकृति पश्चात र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ । कम्पनीले गत आर्थिक बर्षमो ४९ करोड ९ लाख ७८ हजार खुद नाफा गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ भने जगेडा कोषमा ९८ करोड ९९ लाख ८८ हजार रहेको छ ।

 

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार ११:५२