माछापुच्छे बैंकको लोभलाग्दो प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माछापुच्छे बैंकको लोभलाग्दो प्रगती



काठमाडाै । माछापुच्छे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमाशमा खुद मुनाफा २८ करोड ९ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा १३ दशमलव ७७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा २४ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब चुक्ता पूँजी पुर्याएको माछापुच्छे बैंकले जगेडा कोषमा १ अर्ब २२ करोड ८१ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ३ दशमलव ४४ प्रतिशतले वृद्धि गरी ६० अर्ब ३० करोड १२ लाख रुपैयाँ संकलन गरी कर्जा ५४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १४ दशमलव ३९ प्रतिशतले बढेर ६१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २० दशमलव ७१ प्रतिशतले बढेर ४० करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ८ करोड ४३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ३ करोड ३६ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको जोखिम युक्त सम्पति ५ दशमलव ३४ प्रतिशतले बढेर १६ दशमलव ६३ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०९ प्रतिशतले बढेर शुन्य दशमलव ४५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ३५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९३ गुणा र तरलता अनुपात २४ दशमल ८६ प्रतिशत रहेको छ ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार ११:५७