स्वावलम्बन लघुवित्तकाे साधारणसभा मंसिर १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वावलम्बन लघुवित्तकाे साधारणसभा मंसिर १५ गते



काठमाडौं। स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडले मंसिर १५ गते १६ औं साधारणसभा बोलाएको छ । कम्पनीले उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव लैजाने भएको छ ।कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।साधारणसभा प्रयोजनका लागि कम्पनीको कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म दर्ता किताब बन्द हुने भएको छ ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १२:४३