८ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव ९७ अंकले ओरालो लागेको छ।  आज टे«डिड. समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५९ कम्पनीको ११ लाख २९ हजार २ सय ९ कित्ता सेयरबाट ४२ करोड ४४ लाख ४६ हजार ७ सय ५६ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ४९ दशमलव ७३ अंकले ओरालो लागेको छ। आज होटल समुह ४६ दशमवल ९४ अंकले,लघुवित्त समुह १७ दशमलव ६७ अंकले,बैँक समुह ७ दशमलव ४९ अंकले,फाइनान्स समुह ७ दशमलव ३६ अंकले,विकास बैँक समुह ६ दशमलव ३६ अंकले,अन्य समुह ४ दशमलव ३४ अंकले र जलविधुत समुह २ दशमलव ८५ अंकले ओरालो लागेको छ।
मंगलबार ट्रेडिड. समुहले भने कमाएको छ । आज टे«डिड. समुह ० दशमलव ५९ अंकले उकालो लागेको छ।

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार १५:१४