१५ वर्षपछि २० हजार चिकित्सक बेरोजगार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१५ वर्षपछि २० हजार चिकित्सक बेरोजगार



काठमाडौ । अबको १५ वर्षपछि नेपालमा २० हजार चिकित्सक बेरोजगार हुने देखिएका छ । नेपालको जनसंख्या बृद्धिदर र अहिलेको चिकित्सक उत्पादनको अनुपातलाई हेर्दा अबको १५ वर्षमा त्यति चिकित्सक बेरोजगार हुने माथेमा कार्यदलको प्रतिवेदनले औंल्याएको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रध्यापक केदारभक्त माथेमाको संयोजकमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलले अबको १५ वर्षमा २० हजार चिकित्सक बेरोजगार हुने देखिएको हो । हाल नेपाल मेडिकल काउन्सिलमा १५ हजार ६ सय ६६ चिकित्सक दर्ता रहेको राजधानी दैनिकमा खबर छ ।

विश्व स्वास्थ्य संगठनले प्रति १० हजार बराबर एक जना चिकित्सक आवश्यक हुनुपर्ने भनेको छ । चिकित्सकको यो संख्या संगठनले तोकेको भन्दा धेरै न्यून हो । हाल नेपालका मेडिकल कलेज र विदेश गएर चिकित्सा अध्ययन गरी आउनेको संख्याको अनुपात हेर्दा अबको १५ वर्षपछि नेपालमा ५४ हजार ६ सय ६६ चिकित्सक हुने कार्यदलले अनुमान गरेको छ ।

प्रकाशित : २१ श्रावण २०७२, बिहीबार ०२:५७