कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु प्रथामिकताः गर्भनर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु प्रथामिकताः गर्भनर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुन स्थित शाखाको अवलोकन भ्रमण गरेका छन् । जीएमईका प्रमुखकार्यकारी अधिकृत जोन सुंगले गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए । भ्रमणको क्रममा गर्भनर नेपालले कोरियाबाट नेपाल पैसा पठाउने प्रक्रियाको जानकारी लिएका थिए ।

कोरिया स्थित नेपालीदुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता बताएका थिए ।

वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्ने चेतावनी दिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका राजदुत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडा कदम चाल्नुपर्ने  बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरिया स्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवादिँदै आएको जानकारी गराएका थिए ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १२:१२