पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घट्यो



काठमाडाै । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घटेको छ । उच्च ब्याज खर्चमा नियन्त्रण कायम हुन नसक्दा खूद नाफा घटेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २८ करोड २४ लाख रहेकोमा घटेर यो वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाखमा सीमित बन्न पुुगेको हो ।

यो बैंकको खूद ब्याज आम्दानी भने केही बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४६ करोड ८२ लाख रहेको यस्तो आम्दानी बढेर ५१ करोड ३४ लाख पुुगेको हो ।

अघिल्लो वर्ष बैंकको ब्याज खर्च ४८ करोड ९५ लाख रुपैयाँ रहेकोमा यो वर्ष अचाक्ली बढेर १ अर्ब ३४ करोड १९ लाख पुुगेको छ ।

समीक्षा अवधिमा बैंकले रिजर्ब कोषमा ३९८ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५५ करोड ४७ लाख रहेको कोष बढेर समीक्षा अवधिमा २ अर्ब ७६ करोडको उचाईमा पुुगेको छ ।

यो अवधिमा बैंकले ८२ अर्ब ८३ करोड निक्षेप संकलन गरी ६६ अर्ब ७६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६५ अर्ब २९ करोड निक्षेप संकलन गरी ५१ ऋर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले संचालन नाफामा पनि उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्ष १९ करोड ९६ लाखमा सीमित संचालन नाफा बढेर २३ करोड ७१ लखको उचाईमा पुुगेको छ ।

बैंकले यो अवधिमा खराब कर्जालाई उल्लेख्य मात्रामा घटाएको छ । अघिल्लो वर्षको यही अवधिमा ७.५४ प्रतिशत रहेको खराब कर्जा घटेर समीक्षा अवधिमा ४.२३ प्रतिशतमा झरेको छ ।

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष १९ रुपैयाँ २१ पैसा रहेको इपीएस घटेर १७ पैसा ५ पैसा कायम भएको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.१७ गुणा कायम भएको छ ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १२:२०