यस कारण बेच्न पाएन प्रिमियम मुल्यमा बैंक अफ काठमान्डूले संस्थापक सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस कारण बेच्न पाएन प्रिमियम मुल्यमा बैंक अफ काठमान्डूले संस्थापक सेयर



काठमाडाै । बैंक अफ काठमान्डूले जारि गर्न लागेको नयाँ संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि हुने भएको छ। बैंकले फेस भ्यालुमा १६६ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २६६ रुपैयाँमा लिलाम गर्ने अनुमति मागेपनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मुल्य बिना नै लिलाम बिक्रि गर्न निर्देशन दिएको हो।

धितोपत्र बोर्डले प्रिमियम मुल्य बिनानै फेस भ्यालुमा संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न निर्देशन दिएसंगै बैंकको योजना असफल भएको छ। बैंकले पहिलो पटक प्रिमियम मुल्य सहित प्रति कित्ता ३१० रुपैयाँमा एफपीओ बिक्रि गर्ने प्रस्ताब गरेको थियो। धितोपत्र बोर्डको निर्देशन अनुसार बैंकले अब ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक शेयर प्रति कित्ता न्युनतम १०० रुपैयाँमा बिक्रि गर्नु पर्नेछ।

सूचिकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्ने सम्बन्धि व्यवस्था नभएको भन्दै बोर्डले एफपीओ निष्काशनको अनुमती मागेको बैंकको आबेदनलाई सुचिबाटै हटाएर अन्तत: लिलामी प्रक्रियामा जान निर्देशन दिएको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ।

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन एफपिओ निष्काशनको तयारी गरेको हो। मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो । संस्थापक एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड पुग्ने थियो।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १०:५६