प्राधिकरणका कर्मचारीलाई सवा आठ करोडको बिजुली निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राधिकरणका कर्मचारीलाई सवा आठ करोडको बिजुली निःशुल्क



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले वर्षको ८ करोड २१ लाख ६८ हजार बराबरको बिजुली सित्तैमा पाउने गरेको पाइएको छ ।

२७ अर्ब घाटा पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले वर्षभरिमा यति ठूलो रकम बराबरको बिजुली सित्तैमा पाउने गरेको राजधानीमा खबर छ ।

प्राधिकरणले विद्युत महसुल निर्धारण समितिमा पेस गरेको प्रतिबेदनमा संस्थामा काम गर्ने कर्मचारीहरुको उत्प्रेरणा जगाउने अभिप्रायले विद्युत सुविधा उपलब्ध गराएको उल्लेख गर्दै शून्य विद्युत महसुल नभएको उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार करिब ११ हजार कर्मचारीले हिउँदको मंसिरदेखि वैशाखसम्म बढीमा ७५ युनिट तथा वर्षायामको जेठदेखि कात्तिकसम्म बढीमा एक सय २५ युनिट बिजुली सुविधाका रुपमा पाउने गरेका छन् । हिउँदमा मासिक पाँच सय ८० रुपैयाँका दरले ६ महिनाको तीन हजार चार सय ८० तथा वषर्ामा मासिक एक हजार १० रुपैयाँका दरले ६ हजार ६० रुपैयाँ गरी प्रतिकर्मचारीले वाषिर्क रुपमा ९ हजार पाँच सय ४० रुपैयाँ विद्युत सुविधाबापत पाउने प्रतिवेदनमा उल्लेछ ।

प्रकाशित : २१ श्रावण २०७२, बिहीबार ०३:०३