एनएमबि बैंकको नाफामा २७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको नाफामा २७ प्रतिशतले बढ्यो



काठमाडौं । एनएमबि बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ४५ करोड १३ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा २७ दशमलव ६१ प्रतिशत वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३५ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा ४ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ९ दशमलव २३ प्रतिशत वृद्धि गरी ७१ अर्ब ९४ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ६२ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ७१ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा ७ दशमलव १० प्रतिशतले बढेर ६७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा २६ दशमलव १५ प्रतिशत वृद्धि गरी ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा जम्मा ९ करोड ७ लाख रुपैयाँ राखेको छ भने २१ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाएकोले पनि मुनाफा वृद्धि देखिएको हो ।

बैंक (NMB) को निस्कृय कर्जामा शुन्य दशमलव १६ प्रतिशतले घटेर १ दशमलव ६७ रहेको छ भने जाखिम युत्त सम्पत्तिमा शुन्य दशमलव २८ प्रतिशतले घटेर १३ दशमलव ८० प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २७ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ३६ गुणा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार ११:०३