एनआईसीका नयाँ शाखा दार्चुला र ओखलढुङ्गामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसीका नयाँ शाखा दार्चुला र ओखलढुङ्गामा



काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखा दार्चुलाको महाकाली नगरपालिका र ओखलढुङ्गाको सिद्घिचरण नगरपालिका सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शुक्रबार एक समारोहका बीच उद्घाटन भएको बैंकले जनाएको छ ।

महाकाली नगरपालिकाका मेयर हंसराज भट्टबाट दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केबाट ओखलढुङ्गा शाखाको उद्घाटन भएको थियो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १५:४२