१३ दशमलव ७४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ दशमलव ७४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १३ दशमलव ७४ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको होटल र विकास बैँक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५८ कमपनीको १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयरबाट ७१ करोड ४६ लाख ५७ हजार ४ सय ५९ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह ७५ दशमलव ३१अंकले उकालो लागेको छ। आज अन्य समुह १८ दशमलव ५१ अंकले, इन्स्योरेन्स समुह,१४ दशमलव ९ अंकले, उतपादनमुलक समुह १२ दशमलव ८ अंकले, लघुवित्त समुह १० दशमलव ९९अंकले,बैँक समुह १० दशमलव ९१ अंकले र फाइनान्स समुह १० अंकले उकालो लागेको छ ।
आज होटल र विकास बैँक समुह भने ओरालो लागेको छ। आज होटल समुह १२ दशमलव ०३ अंकले र विकास बैँक समुह२ दशमलव ३ अंकले ओरालो लागेका छन् ।

प्रकाशित : २७ कार्तिक २०७४, सोमबार १५:१९