साबधान! शेयर मुल्य घटबढ हुँदैछ भनेर प्रतिक्रिया दिदै हुनुहुन्छ ? जेल बस्नु पर्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साबधान! शेयर मुल्य घटबढ हुँदैछ भनेर प्रतिक्रिया दिदै हुनुहुन्छ ? जेल बस्नु पर्ला



काठमाडाै । शेयर मुल्य घटबढ हुँदैछ भनेर प्रतिक्रिया दिदै हुनुहुन्छ, त्यसो भए साबधान! पुंजीबजारलाई प्रभावित बनाउने गरि यस्तो प्रतिक्रिया दिनेले अब सजायको भागीदार बन्नुपर्नेछ।

पछिल्ला समय पुन्जिबजारमा शेयर मुल्य प्रभावित हुनेगरी धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकर सम्बद्ध पदाधिकारी र कर्मचारीहरुले विभिन्न संचार माध्यम मार्फत शेयर मुल्य घटबढ हुँदैछ भन्ने अभिव्यक्ति दिएको र त्यसबाट बजार प्रभावित भएको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको धितो बोर्डको भनाइ छ।

यस्तो कार्य नगर्न नगराउन सचेत गराउदै बोर्डले यस्तो कार्य गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। ‘विगत केही समयदेखि पत्रपत्रिका तथा अनलाइनहरुमार्फत शेयर मूल्य घटबढ हुँदैछ भन्ने प्रकारका अभिब्यक्ति आएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउँदै अब आइन्दा बजार थपघटका बारेमा बोले कारवाही गरिने छ,’ बोर्डले दिएको निर्देशनमा भनिएको छ ।

पछिल्ला समय विभिन्न संचार माध्यम र सोसियल मिडिया मार्फत ब्रोकर तथा मर्चेन बैंकर सञ्चालकले आफ्नो स्वार्थ अनुकुल शेयरबजार सम्बन्धमा अनधिकृत रुपमा प्रचार प्रसार गर्दै आएका थिए।

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार ०९:१६