‘उडी आयो रानी चरी’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘उडी आयो रानी चरी’



काठमाडौ । महिलाहरुको महान चाड मानिने तीज पर्व नजिकिँदै गर्दा यसको रमझमले भने धेरैलाई छोईसकेको छ । यसमा पनि विशेषतः तीज विशेष गीत संगीतमा लाग्ने सांगितिक स्रष्टा तथा तीज गीतका कम्मर मर्काउने मोडल तथा कलाकरहरुलाई भने अहिले भ्यआई नभ्याई नै छ । यो सिजनमा लोक तथा संगीतका हरेक विधासँग जोडिएका कलाकारहरुलाई फुर्सदमा भेट्न मुश्किल पनि पर्नसक्छ ।
यो भिडमा व्यस्त गायिकाको रुपमा परिचित छिन, गायिका सावित्री जोशी।

विगत केहि बर्षयता सांगितिक क्षेत्रमा सकृय सुमधुर स्वरकी धनी सावित्रीले पछिल्ला केहि बर्षयता तीज पर्वको अबरसरमा दर्शक तथा श्रोतामाझ नयाँ नयाँ स्वादहरु पस्किँदै आएकी छिन् । यो बीचमा यो बर्षको तीजको लागी पनि सावित्रीको नयाँ खुराक बजारमा आउने तयारीमा छ । साबित्रीको स्वरमा सु(सज्जित तीज गीत ‘उडी आयो रानी चरी डाँडै काटी गयो मायालाई’को भिडियो सुटिङ पनि भईसकेको छ । जुन भिडियो केहि दिनमा नै सार्वजनिक हुने निर्देशक अमर जोशी बताउँछन् ।


सञ्चारकर्मी तथा उद्धमी लिला डांगीको लगानी रहेको भिडियोमा नायिका तथा मोडल शुष्मा अधिकारी र अर्की मोडल प्रिया शर्मासँग निर्देशक ओली स्वयंमले कम्मर मर्काएका छन् । सावित्रीलाई गायनमा साथ दिएका शिव हमालको शब्द रहेको यो गीतको भिडियो मंगलबार छायाँकन गरिएको थियो । छायाँकनको दौरानमा भेटिएकी नायिका अधिकारीले निकै राम्रो काम भएको भन्दै दर्शक तथा श्रोताको माया पाउनेमा दुई मत नरहेको तर्क गरिन् ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार ०३:०२