लाईफ इन्स्योरेन्स कपोरेशनकाे प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लाईफ इन्स्योरेन्स कपोरेशनकाे प्रगति



काठमाडौं। १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको निजि क्षेत्रको जीवन बीमा कम्पनी लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा ३३५.४७% ले खुद नाफा बढाएको रिपोर्ट सार्वजनिक गरेको छ ।  एलआइसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७३ लाख ६८ हजार ८९ रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही त्रैमासमा कम्पनीले ८५ लाख ८० हजार ९१९ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

कम्पनीले २ अर्ब २३ करोड ५५ लाख ८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन पनि गरेको छ । यो गत वर्षको तुलनामा २३.१६% धेरै हो । गत वर्ष कम्पनीले १ अर्ब ८१ करोड ५१ लाख ८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्क भने २ अर्ब २१ करोड ७८ लाख ३९ हजार २३३ रुपैयाँ छ । पुनर्बिमा कमिसनबाट २१ लाख ७४ हजार ६५० रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ४९ करोड २३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ४ करोड १२ लाख ८२ हजार रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५० लाख ४ हजार ४७४ रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ६ करोड ९४ लाख ५३ हजार १२५ रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा १० करोड ६१ लाख ४७ हजार ६५३ रुपैयाँ छ । यसैगरी, एलआइसीको जीवन बिमा कोषमा ३६ अर्ब ३८ करोड ३९ लाख १८ हजार ९४५ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ रहेको एलआइसीको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ७१ पैसा छ ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १२:०१