लक्ष्मी बैंककाे दुई नयाँ शाखा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंककाे दुई नयाँ शाखा संचालनमा



काठमाडौं । लक्ष्मी बैंकले कनचनपुरको झलारी र कैलालीको बौनियामा एकै साथ दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । थप दुई शाखा सहित बैंकको शाखा संजाल ७४ पुगेको छ । साथै ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् र ४०० भन्दा बढि मोबाईल एजेन्ट पुगेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।शाखाको विस्तारसँगै बैंकले आफ्ना ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १२:३५