कसमसको नाफा डेढ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कसमसको नाफा डेढ करोड



काठमाडौ। गोरखाको हरमटारीमा प्रधान कार्यलय रहेको कसमस डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१÷७२ मा करिब डेढ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । सो आर्थिक वर्षमा बैंकले १ करोड ४९ लाख १९ हजार ९ सय ९२ रुपैयाँ सञ्चालन नाफा गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरेले जानकारी दिए । “खुद नाफाको  प्रतिसेयर आम्दानी करिब २२ प्रतिशतका दरले हुने भएको छ ,” उनले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत वर्ष निक्षेपमा १७ करोड २६ लाख ७३ हजार २ सय ४८ रुपैयाँ र कर्जामा १२ करोड २५ लाख २९ हजार  ७ सय ५१ रुपैयाँ वृद्धि गरेको छ । आर्थिक वर्ष ०७१÷७२ मा बैंकले ५२ करोड रुपैयाँ रेमिट्यान्स कारोबार गरेको छ । –आजको कारोबारबाट

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार ०३:०९