महिला कामदारका लागि इजरायल खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महिला कामदारका लागि इजरायल खुल्यो



काठमाडौ । महिला कामदारका लागि इजरायल जाने बाटो खुला भएको छ । विगत पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल महिला कामदार लैजान सहमत भएपछि महिलाका लागि यो अवसर जुटेको हो ।

नेपाली महिला कामदार अब पुनः कामका लागि इजरायल जान पाउनेसम्बन्धी सम्झौता पत्रमा शुक्रबार सोमवार श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुँदै छ ।

यसका लागि इजरायली पक्ष नेपाल आइसकेको छ । नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तब्यका रुपमा रहेको छ । आकर्षक गन्तब्य भएर पनि कामका लागि नेपाली इजरायलमा जानबाट बञ्चित हुनुपरेपछि श्रम मन्त्रालयले यस सम्बन्धमा आवश्यक पहल गर्दै आएको थियो । लामो प्रयासपछि अन्ततः इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको राजधानी दैनिकमा खबर छ ।

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली महिला कामदारका लागि इजरायल आकर्षक गन्तब्यका रुपमा रहेकाले मन्त्रालयकै विशेष पहलमा पुनः महिला कामदार लैजाने विषयमा सहमति जुटेको बताए । उनकाअनुसार शुक्रबार यसले अन्तिम रुप प्राप्त गर्नेछ । तत्कालका लागि महिला कामदारमात्रै पठाउने विषयमा सहमति जुटेको बताउँदै उनले पुरुष कामदार पनि पठाउने विषयमा थप छलफल जारी रहने बताए ।

मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार शुरुमा ६० कामदार पठाउने विषयमा सहमति जुटेको छ । त्यसपछि इजरायली पक्षले दिने प्रतिक्रियाका आधारमा थप कामदार पठाउने बाटो खुल्नेछ ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार ०३:१५