मर्चेन्ट वैंकरलाई कस्दै धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मर्चेन्ट वैंकरलाई कस्दै धितोपत्र बोर्ड



काठमाडाै । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) लाई व्यवस्थित गर्ने भएको छ । बोर्डले आफू आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य सम्बन्धी कार्य नगर्न परिपत्र जारी गरेको छ ।

बोर्डले आफ्नो लगानी रहेको मुख्य कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धको काम नगर्न साथै सार्वजानिक निष्कासनमा धितोपत्रको प्रत्याभूत समेत नगर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गराउन लागेको बताएको छ ।

यस्तो छ बोर्डले मर्चेन्ट बैंकलाई गरेको परिपत्र 

१. निष्काशन तथा विक्री प्रवन्धकले आफू आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।

२. निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।

३. निष्काशन तथा विक्री प्रवन्धकले आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगर्ने ।

प्रकाशित : ३ मंसिर २०७४, आईतवार १८:११