झापाका सहकारीमा सात अर्बको बचत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

झापाका सहकारीमा सात अर्बको बचत



money2-390x293झापा  । झापामा सञ्चालित सहकारी संस्थाले सात अर्बभन्दा बढी रुपैयाँ बचत गर्न सफल भएका छन् । जिल्लामा रहेका ८५४ वटा सहकारी संस्थाले रु सात अर्ब ३९ करोड ७४ लाख बचत गरेका छन् । रु १२ अर्ब ६२ करोड ९२ लाख परिचालित पुँजी ती संस्थामा रहेको जनाउँदै रु एक अर्ब ८७ करोड ८४ लाख सेयर पुँजी, रु एक अर्ब १९ करोड ५६ लाख कोष र नाफामात्रै रु ३० करोड ५६ लाख ८० हजार गर्न सहकारी सफल भएका डिभिजन सहकारी संस्था झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

रु नौ अर्ब २९ करोड ९० लाख सहकारीमा आबद्ध सदस्यका लागि ऋण लगानी गरिएको छ । सहकारी संस्थाले आव २०७१÷७२ मा राज्यलाई आफूले गरेको रु साँढे ३० करोड नाफाबाट दुई करोड २३ लाख ९९ हजार रुपैयाँ कर तिरेको समेत डिभिजन सहकारी कार्यालयले जनाएको छ । जिल्लामा बहुउद्देश्यीय सहकारी संस्था १३२ वटा र बचत तथा ऋण सहकारी संस्था २८९ वटा रहेका छन् । त्यस्तै ३१७ वटा कृषि सहकारी संस्था मध्ये १३६ वटा महिलाद्वारामात्र सञ्चालित सहकारी संस्था रहेका छन् ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार ०४:२५