उकालो लाग्यो नेप्से, कस्ले कति कमाए कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से, कस्ले कति कमाए कति गुमाए ?



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ०८ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका विकास बैँक, फाइनान्स,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयरबाट ३५ करोड ८ लाख १८ हजार २ सय ५१ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै टे«डिड. समुहले कमाएको छ। आज टे«डिड. समुह १५ दशमलव ६२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह १४ दशमलव ९५ अंकले,हेटल समुह ९ दशमलव ०५ अंकले,जलविधुत समुह ६ दशमलव ६५ अंकले,बैँक समुह ५ दशमलव ४९ अंकले र लघुवित्त समुह ३ दशमलव २९ अंकले उकालो लागेको छ।
मंगलबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह १४ दशमलव ९४ अंकले ओरालो लागेको छ । आज अन्य समुह ५ दशमलव ५ अंकले, विकास बैँक ३ दशमलव २३ अंकले र फाइनान्स समुह २ दशमलव २९ अंकले ओरालो लागेको छ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार १५:२३