सहकारी बैंकद्वारा आइसीए नवनिर्वाचित ग्लोबन बोर्ड सदस्य सम्मानीत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी बैंकद्वारा आइसीए नवनिर्वाचित ग्लोबन बोर्ड सदस्य सम्मानीत



काठमाडाै । नेपालभरिका सहकारीहरुको एक मात्र राष्ट्रिय सहकारी बैंकले अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्यमा नव निर्वाचित राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरेको छ ।

एसियाली ऋण महासंघ (अक्कु)की प्रमुख कार्यकारी अधिकृत लेनी, प्रमुख कार्यक्रम व्यवस्थापक रञ्जित हिताचारी र राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्ध संचालक केवी उप्रेतीले मल्ललाई दोशल्ला ओढाइ कदरपत्र प्रदानगरि संयुक्त रुपमा सम्मान गरेका हुन् । सहकारी व्यवस्थापकहरुका लागि गरिएको दुई दिने कार्यशाला गोष्ठीको समापनको अवसरमा मल्ललाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले आइसीएको ग्लोबल बोर्डमा नेपालले पहिलो पटक प्रतिनिधित्व गरेको बताइन् । उनले शिक्षा र तालिमले मानिसको आत्मविश्वासलाई बलियो बनाउने भएकाले जीवनभर शिक्षा र तालिमको महत्व रहेको बताइन् । उनले नेपालको सहकारी अभियानलाई व्यवसायीकरण गर्दै अन्तर्राष्ट्रिय पहिचान दिलाउने कार्यक्रममा आफ्नो मेहेनत रहने बताइन् ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक केवी उप्रेतीले आइसीएको बोर्डमा नेपालको प्रतिनिधित्व हुने सहकारी अभियानको गौरवको विषय भएको बताए । उनले विश्व सहकारी अभियानले पहिचान गरेको प्रविधिलाई बैंकले अवलम्बन गर्ने समेत बताए । सदस्यहरुको सेवा र सुविधासँगसँगै नियमित प्रशिक्षण, तालिमका कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता जायर गरे । उनले अन्तर्राष्ट्रिय क्षेत्रका सफल सहकारीको अभ्यासलाई नेपालमा ल्याउनका लागि बैंकले भूमिका खेल्ने समेत बताए ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार १६:१९