असहाय बालबालिकालाई महालक्ष्मी बैंकको तल्ले खाट उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

असहाय बालबालिकालाई महालक्ष्मी बैंकको तल्ले खाट उपहार



काठमाडाै । महालक्ष्मी विकास बैंक लिमीटेडले गोंगबुुको जरंखुुस्थित नेपाल ह्यूमान सर्भिस अर्गनाइजेसनमा संरक्षित असहाय बालबालिकाहरुलाई तल्ले खाट सहयोग गरेको छ ।

बैंकको गोंगबुु शाखाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १७ अभिभावकविहीन तथा असहाय बालबालिकाहरुलाई ३५ हजार रुपैयाँ बराबरको तल्ले खाट उपलब्ध गराएको हो ।

आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत अन्य सामाजिक गतिविधिमा समेत संलग्न रहने बैंकले एक विज्ञप्तिमार्फत प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : ५ मंसिर २०७४, मंगलवार १८:२२