पञ्चकन्या माई हाइड्रोलाई आईपीओ निष्कासन अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पञ्चकन्या माई हाइड्रोलाई आईपीओ निष्कासन अनुमति



काठमाडौं। पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानिय बासिन्दालाई शेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीलाई हकप्रद निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ ।

स्थानीयलाई शेयर बाँडफाँडपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका जारी गर्ने छ ।कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् । इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट विद्युत उत्पादन भई सकेको छ, भने यो आयोजनालाई १२ मेगावाटमा क्षमता वृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार १२:०७