निर्वाचन समयमा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्वाचन समयमा सार्वजनिक बिदा



काठमाडाै । सरकारले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने दिन सम्बन्धित क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगे आइतबार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

त्यस्तै निर्वाचन हुने सम्बन्धित जिल्लाका शैक्षिक संस्थामा भने चार दिन विदा दिने निर्णय भएको छ । अधिकांश मतदान केन्द्र स्कुल तथा कलेजमा स्थापना भएकाले चार दिन विदा दिने निर्णय भएको जनाइएको छ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा भोलीबाट आइतवारसम्म र दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा मंसिर १८ गतेदेखि मतदानको दिन मंसिर २१ गतेसम्म शैक्षिक संस्थामा विदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले भने मतदान केन्द्रको तयारीका लागि भन्दै एक सातासम्म शैक्षिक संस्थामा विदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार १०:५५