अध्ययन भन्छ, सगरमाथा जाने रुटमा समस्या छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अध्ययन भन्छ, सगरमाथा जाने रुटमा समस्या छैन



काठमाडौ । वैशाख १२मा   आएको भूकम्प र त्यसपछि निरन्तर आईरहेका पराकम्पनले सगरमाथा जाने मुख्य रुटमा कुनै पनि समस्या नरहेको एक अध्ययनले देखाएको छ ।  जापानी कम्पनी मियामतो इन्टरनेशनलले शुक्रबार सार्वजनिक गरेको अध्ययनपछिको रिपोर्टले उक्त रुटमा भूकम्पको असर नरहेको देखाएको हो ।

भूकम्पका कारण केही ठाँउमा गएको पहिरोले पर्यटकको पदमार्गमा क्षति पुगेको देखाए पनि त्यसको पुनः निर्माण पश्चात पर्यटक सहजरुपमा आवत–जावत गर्न सक्ने छन् । सगरमाथा जाने रुटमध्ये दुई ठाँउमा पहिरो गएको र त्यसको पुन निर्माण भन्दा तत्काल विकल्प खोज्नु पर्ने अध्ययनले देखाएको छ । उक्त क्षेत्रमा पर्ने १५ गाँउका सात सय घरमा सामान्य क्षति भएको र एक सय २० घर पुर्ण क्षति भएका अर्थात  १७ प्रतिशत क्षति पुगेको र ८३ प्रतिशतमा कुनै पनि क्षति नपुगेको अध्ययनमा उल्लेख छ ।

क्षति भएको संरचनाको तत्काल पुन निर्माण गर्नु पर्ने छ । तत्काल पुन निर्माण र पुर्ण रुपमा विग्रेका रुट परिवर्तन गर्न नसके त्यसको असर कालान्तरमा पर्ने र पर्यटकको आवागमन न्यून हुने उल्लेख छ । भूकम्पले असर नगरेपनि केही ठाँउमा पहिरोका कारण भएका रुटमा पनि समस्या देखिने भएकाले त्यसको विकल्प खोज्नु पर्ने अध्ययनमा उल्लेख छ ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले विग्रेका पदमार्ग तत्काल पुनः निर्माण गर्ने आश्वासन दिए । विग्रेका संरचना, भत्केका रुटको पुनः निर्माण गरेर पुरानै अवस्थामा फर्काउने उनको भनाई छ । केही ठाँउमा पुनः निर्माण गरेपनि मनसुनका कारण पहिरो जाने भएकाले त्यसको विकल्प खोज्ने मन्त्री शेर्पाले बताए ।
पर्यटन विभागका महानिर्देशक तुल्सी प्रसाद गौतमले केही ठाँउमा पुन निर्माण गर्दा समय लाग्ने भएको भन्दै नयाँ रुटको विकल्प खोज्ने जानकारी गराए । पुन निर्माण गर्नका लागि सरकारले बजेट समेत विनियोजन गरेको उनको भनाई छ । भूकम्प पछि लाङटाङ जान पर्यटक आएको र उनीहरुलाई समूह न्यूनतम दुई जना भन्दा बढी जान आग्रह गरेका छौं, गौतमले भने,‘ त्यसको तागि तालिम प्राप्त गाईड लैजान भनेका छौं, जाँदा केही सावधानी भने अपनाउनु पर्छ ।’ साउनमा बढी मनसुन हुने भएकाले पुनः निर्माणको काम भदौदेखि  तिव्र गतिमा हुने गौतमले जानकारी गराए ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार १३:०१