माउन्ट मकालुको ५० प्रतिशत हकप्रद शेयरकाे बिक्री  खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माउन्ट मकालुको ५० प्रतिशत हकप्रद शेयरकाे बिक्री  खुल्याे



काठमाडौं। माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर आजबाट बिक्री  खुल्ला भएको छ । बैंकले दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको होे ।

बैंकले सय रुपैयाँ अकिंत मूल्यमा तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । बैंकको हकप्रदमा कात्तिक १६ गतेसम्म कायम शेयरधनीले मंसिर ७ देखि पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल ६ करोड ९१ लाख ६० हजार रुपैयाँ चुक्तापूँजी रहेको माउन्ट मकालुको हकप्रद बिक्री पश्चाच पूँजी १० करोड ३७ लाख ४० हजार पुग्नेछ । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हकप्रदमा एनआईबीएल क्यापिटल मार्केट, माउन्ट मकालु डेभलपमेन्ट बैंक लालीगुराँस नगरपालिका २ तेह्रथुम तथा डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायाणगढ, बुटवल र धनगढीबाट आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार ११:४८