१३ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्स १३ दशमलव ०३ अंकले उकालो लागेको छ। आज कारोबारमा आएकाे टे«डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६५ कमपनीको १३ लाख ९१ हजार ८ सय ५३ कित्ता सेयरबाट ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपैयाको कारोबार भएको छ।

बिहिबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह ४६ दशमलव ०३ अंकले उकालो लागेको छ । आज इन्स्योरेन्स समुह २६ दशमलव ३१ अंकले, लघुवित्त समुह २४ दशमलव ३९ अंकले,होटल समुह २२ दशमलव ६५ अंकले,विकास बैँक समुह २२ दशमलव २ अंकले,उतपादनमुलक समुह १५ दशमलव ५७ अंकले,बैँक समुह १० दशमलव ७ अंकले, फाइनान्स समुह ९ दशमलव ५५ अंकले र अन्य समुह ४ दशमलव ९१ अंकले उकालो लागेका छन् ।
आज टे«डिड. समुह भने ओरालो लागेको छ। आज टे«डिड. समुह ३ दशमलव ३७ अंकले ओरालो लागेको छ।

प्रकाशित : ७ मंसिर २०७४, बिहीबार १५:१९