एशिया प्रसान्त चेम्बरका अध्यक्ष चन्द्रागिरिको भ्रमणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एशिया प्रसान्त चेम्बरका अध्यक्ष चन्द्रागिरिको भ्रमणमा



काठमाडाै ।एशिया प्रसान्त चेम्बर अफकमर्श एण्ड इन्डष्ट्रीज(क्यासी)का अध्यक्ष जामेल इनाइस्वालीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन्। अनौपचारिक भ्रमणमा आएका अध्यक्ष सहितको प्रतिनिधि मण्डललाई नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवम् चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थियो ।

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष जामेलले चन्द्रागिरिको विकासबाट आफु र आफ्नो छोरा अत्यन्तै प्रभावित बनेको उल्लेख गर्नु भएको छ ।चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको र यस्तो अत्यन्तै आकर्षक पर्यटकीय गन्तब्यको भ्रमण गर्ने अवसर उपलब्ध गराएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसादढकाल र चन्द्रागिरि परिवारलाई वहाले हार्दिक धन्यवादब्यक्त गर्नु भएको थियो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १४:५३