बुढीगण्डकी आयोजना निर्माणको जिम्मा नेपाल बिद्युत प्राधिकरणलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुढीगण्डकी आयोजना निर्माणको जिम्मा नेपाल बिद्युत प्राधिकरणलाई



काठमाडाै । सरकारले बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ। चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको यस आयोजनाको निर्माणको जिम्मा नेपाल बिद्युत प्राधिकरणलाई दिईने निर्णय भएको जनाइएको छ।

मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिएका हुन।

चिनसंगको सम्झौता तोडिएपछि भारतले बुढीगण्डकी निर्माणमा बिड गर्ने बताएको थियो। तर सरकारले उक्त आयोजना स्वदेशी लगानीमै गर्ने निर्णय गर्दै निर्माणको जिम्मा प्राधिकरणलाई दिने निर्णय गरेको हो। ‘आयोजनाको काम ८ बर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ’ मन्त्री थापाले भने।

मन्त्रि थापाले १५ दिनभित्र एक समिति निर्माण हुने र सोहि समितिले दिएको प्रतिबेदनका आधारमा काम अघि बढ्ने बताएका छन। बुढीगण्डकी स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने थापाको भनाइ छ।

प्रक्रिया नपुर्याई अनियमित र हचुवाका आधारमा बुढीगण्डकी जलबिद्युत निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिईएको भन्दै सरकारले गत कात्तिक २७ गते पुर्ववत सरकारको उक्त निर्णय खारेज गरेको थियो।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १४:१५