आरएसडिसी लघुवित्तले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी लघुवित्तले बोनस शेयर दिने



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले बोनस शेयर दिने भएकाे छ ।  एक बराबर २ को अनुपातमा हकप्रद शेयर बिक्री गरेको आरएसडिसीले  बोनस शेयर दिने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंसिर ८ गते शुक्रबार बसेको सभाले गत आवको मुनाफाबाट चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । त्यस्तै कम्पनीको उक्त सभाले यसअघि निष्कासन गरेको हकप्रद र पारित बोनस वितरणपश्चात कायम हुने चुक्तापूँजी ३५ करोड ९९ लाख ५० हजारमा ५ बराबर ३ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : १० मंसिर २०७४, आईतवार १३:०६