बैंक अफ काठमाण्डूले नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूले नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने



काठमाडाै । बैंक अफ काठमाण्डूले ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न नदिएपछि बैंकले प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँमा उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

केही समय अगाडी नेपाल धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो । बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो । बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संसथापकको ४५ प्रतिशत हाराहारीमा छ ।

बैंकको लिलामीको सेयरमा मंसिर २२ गतेदेखि २९ गतेसम्म आवेदन गर्न पाइनेछन । सो शेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।सो शेयरमा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा दरखास्त दिन सकिनेछ ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार ०८:५३