जियोनीको स्मार्टफोन पायोनियर पीटुएम बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जियोनीको स्मार्टफोन पायोनियर पीटुएम बजारमा



काठमाडौं । जियोनिले नयाँ बजेट स्मार्टफोन जियोनि पायोनियर पीटुएम नेपालको बजारमा ल्याएको छ । तुलनात्मक रुपमा सस्तो रहेको यो फोन ४ इन्चको डब्लु भीजीए स्क्रिन भएकोले सजिलै हातमा अट्ने कम्प्याक्ट डिजाइनमा रहेको कम्पनीले जनाएको छ । १६ जिबी इन्टरनल स्टोरेज क्यापासिटि र मेमोरी कार्डको माध्यमबाट अझ ३२ जिबी मेमोरी थप्न सकिने यो फोन ५ मेगा पिक्सलको रियर क्यामेरा र ० दशमलव ३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको बताइएको छ ।

पायोनियर पीटुएममा ३ हजार एमएएचको ठुलो ब्याट्री रहेको र फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । दुई वटा सीमकार्ड प्रयोग गर्न मिल्ने जियोनिको पायोनियर पीटुएममा १ दशमलव ३ गिगाहर्जको क्वाड कोर सीपीयु र एक जिबी र्याम रहेको छ ।

यही विशेषता रहेको अन्य फोनको तुलनामा  निकै कम मूल्य रहेको  यो फोनको हालको बजार मूल्य ९  हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । तीन रंगमा उपलब्ध यो पायोनियर पीटुएम कालो, सेतो र सुनौलो रहेको कम्पनीले जनाएको छ।

प्रकाशित : २३ श्रावण २०७२, शनिबार १२:५१