उद्योगी–व्यवसायीले सुरु गरे ‘आर्थिक क्रान्ति अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योगी–व्यवसायीले सुरु गरे ‘आर्थिक क्रान्ति अभियान



aarthik-kranti-final-finalकाठमाडौं । उद्योगी–व्यवसायीहरुले शनिबारदेखि रोजगारी र समृद्धिका लागि ‘आर्थिक क्रान्ति अभियान’ सुरु गरेका छन् । शनिबार राजधानीमा गरिएको भेलामा उद्योगीहरुले अभियानबारे जानकारी दिएका हुन् ।

स्वदेशी स्रोत र साधनको उचित प्रयोग गर्न नसक्दा मुलक आर्थिक क्षेत्रमा धेरै पछिपरेको भन्दै उनीहरुले आर्थिक क्रान्ति अभियान सुरु गरेको बताएका छन् । स्वदेशी कच्चापदार्थको आधारमा नयाँ उद्योग सुरुआत गर्न उनीहरुले सरकारको ध्यानाकर्षणसमेत गरेका छन् ।

कार्यक्रममा विभिन्न उद्योग–व्यवसायमार्फत् रोजगारीको अवसर सिर्जना गर्ने उद्योगी–व्यवसायीलाई सम्मान गरिएको थियो । निवर्तमान मुख्यसचिव लीलामणि पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

निवर्तमान मुख्यसचिव पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक क्षेत्र निकै पछिपरेको भन्दै अब यो अभियानले आर्थिक क्रान्तिका लागि धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : २३ श्रावण २०७२, शनिबार १२:५९