सहकारीका ठग थुनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीका ठग थुनामा



sahakariसिन्धुली । सिन्धुलीको वेलघारीमा प्रधान कार्यालय रहेको भाग्यश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्धाका प्रतिबादी चारै जनालाई जिल्ला अदालत सिन्धुलीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

संस्थाका ब्यबस्थापक सुस्मा मानन्धर खड्का, अध्यक्ष वालकुमारी दाहाल, कोषाध्यक्ष चेतकुमारी काफले अधिकारी, र पुर्व सचिव मुना पौडेललाई मुलुकी ऐन अ।ब। ११८ देहाय नं २ बमोजिम थुनामा राख्न आदेश दिएको जिल्ला अदालत सिन्धुलीका श्रेस्तादार सम्मीकपुर शाहले जानकारी दिए ।

चारै जनालाई थुनामा राख्न आदेश दिएको र आवश्यक बयान र छानविन पछि मुद्धाको फैसाला हुने श्रेस्तादार शाहाले बताए । सहकारीमा ६६९ जना शेयर सदस्य रहेकोमा २२ लाख ७७ हजार ७ सय ८८ रुपैंयाँ ६१ पैसा हिनामिना भएको र कसले हिनामिना गरेको भन्ने खुल्न सकेको छैन ।

प्रकाशित : २६ श्रावण २०७२, मंगलवार १६:५४