ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए ।

 

पौड्यालले भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार १५:२०