श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३ करोड नाफा



आईसिएफसि घाटामा

काठमाडौं । ४६ करोड २४ लाख १७ हजार रुपैंयाँ चुक्ता पुँजी भएको आई.सि.एफ.सि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१/७२ को चौंथो त्रैमासमा  खुद मुनाफा गत वर्षको सोही अवधी भन्दा १८ दशमलव ०२ प्रतिशतले नोक्सानी गरी ६० करोड ६८ लाख ५ हजार रुपैंयाँ कमाएको छ । त्यसैगरी १९ करोड ७१ लाख २० हजार रुपैंयाँ चुक्ता पुँजी भएको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले भने आर्थिक वर्ष २०७१/७२ को चौंथो त्रैमासमा खुद मुनाफा गत वर्षको सोही अवधी भन्दा ७ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ३ करोड १ लाख ८८ हजार रुपैयाँ कमाएको छ ।

त्यस्तै निक्षेप तर्पm हेर्न हो भने चालु वर्षमा आई.सि.एफ.सि फाइनान्स को गत वर्षको सोही अवधी भन्दा १ दशमलव ९१ प्रतिशतले वृद्धि भई ४ अर्ब ३० करोड ९४ लाख १२ हजार पुगेको  छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको गत वर्षको सोही अवधी भन्दा ६ दशमलव ०८ प्रतिशतले घटी भई १ अर्ब २१ करोड ७२ लाख १६ हजार पुगेको छ ।

त्यस्तै कर्जा तर्पm हेर्न हो भने चालु वर्षमा आई.सि.एफ.सि फाइनान्स को गत वर्षको सोही अवधी भन्दा १० दशमलव ९६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६५ करोड २८ लाख २४ हजार पुगेको  छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको गत वर्षको सोही अवधी भन्दा शून्य दशमलव ८७ प्रतिशतले घटी भई १ अर्ब ६० करोड ५६ लाख ४२ हजार पुगेको  छ ।

आई.सि.एफ.सि फाइनान्सको चालु त्रैमासमा खुद व्याज आम्दानी ९ दशमलव ८३ प्रतिशतले वृद्धि गरी १८ करोड ५३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै व्याज आम्दानी  १ दशमलव ३२ प्रतिशतले घटेको छ भने व्याज खर्च ७ दशमलव ४१  प्रतिशतले घटेको छ । त्यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको चालु त्रैमासमा खुद व्याज आम्दानी  ८ दशमलव ७७ प्रतिशतले वृद्धि गरी ६ करोड ८४ लाख ९७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै व्याज आम्दानी  ५ दशमलव ९० प्रतिशतले बढेको छ भने व्याज खर्च १२ दशमलव ७७ प्रतिशतले घटेको छ ।

आई.सि.एफ.सि फाइनान्सको सञ्चालन मुनाफा गत वर्षको सोही अवधी भन्दा  १ सय १० दशमलव ९३ प्रतिशतले वद्धि गरी ६ करोड ६ लाख ८५ हजार रुपैंयाँ रहेको छ  । त्यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालन मुनाफा गत वर्षको सोही अवधी भन्दा ६ दशमलव २२ प्रतिशतले वद्धि गरी ४ करोड ६० लाख ८१ हजार रुपैंयाँ रहेको छ

आई.सि.एफ.सि फाइनान्स जोखिमयुत्त सम्पति गत वर्षको भन्दा  १ दशमलव ४३ प्रतिशतले घटेर १३ दशमलव ८२ प्रतिशतमा पुर्याएको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स को जोखिमयुत्त सम्पति गत वर्षको भन्दा  १ दशमलव ४१ बढेर २० दशमलव ३८ प्रतिशतमा पुर्याएको छ ।

निष्कृय कर्जा तर्फ आई.सि.एफ.सि फाइनान्सले गत वर्षको भन्दा शून्य  दशमलव ८७ प्रतिशतले बढेर  २ दशमलव ७१ प्रतिशत पुर्याएको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स को निष्कृय कर्जा शून्य दशमलव १२ प्रतिशत रहेको छ ।

त्यस्तै आई.सि.एफ.सि फाइनान्सको सिडि रेसियो ७४ दशमलव ०८ प्रतिशत रहेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स को सिडि रेसिया ६४ दशमलव १९ प्रतिशत रहेको छ ।

प्रकाशित : २६ श्रावण २०७२, मंगलवार १६:५८