विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो



काठमाडौं । विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेश्रौ संस्करणको रुपमा मेला हुन लागेको जानकारी गराए । यस पटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने सम्मेलनमा उनले बताए ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । मेलामा कुल २ सय २५ वटा स्टलहरु रहनेआयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्रभूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने बताए ।

५ दिनसम्म चल्ने मेलामा करिव ३ लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार २१:१४