तनहुँको म्याग्दे गाउँपालिकामा ज्योति विकास बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तनहुँको म्याग्दे गाउँपालिकामा ज्योति विकास बैंकको शाखा



काठमाडौं, । ज्योति विकास बैंकले तनहूँ जिल्ला म्याग्दे गाँउपालिका ४, थर्पू बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार समारोहकाबीच उक्त शाखाको संचालन भएको हो ।

म्याग्दे गाँउपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोबार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन म्याग्दे गाँउपालिका प्रमुख माया देवी राना आले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

गत २ हप्ताभित्र मात्रै बैंकले मकवानपुरको ग्रामीणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार २२:०९