कृषि र जडीबुटी उद्योगमा भारतीय लगानीकर्ता आकर्षित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि र जडीबुटी उद्योगमा भारतीय लगानीकर्ता आकर्षित



काठमाडौं ।  उच्च मूल्यका कृषि उपज तथा औषधिजन्य जडीबुटी उद्योगमा लगानी गर्न भारतीय उद्योगी÷व्यवसायीले इच्छा देखाएका छन् । नेपालको कृषिक्षेत्र र जडीबुटीजन्य उद्योगमा पनि सौन्दर्य प्रसाधनका सामग्री उत्पादनमा उनीहरुले विशेष इच्छा व्यक्त गरेका हुन् ।

नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (निक्की) र लगानी बोर्ड नेपाल (आईबीएन) ले सोमबार राजधानीमा आयोजना गरेको भारतीय लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा  उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

पछिल्ला वर्षमा लगानीको मुख्य क्षेत्रका रुपमा पहिचान भएको जडीबुटीजन्य उद्योगसँगै उनीहरुले पर्यटन, सूचना प्रविधि, स्वास्थ्य सेवालगायतका क्षेत्रमा पनि थप लगानी गर्न इच्छुक रहेको बताएका थिए । तर, त्यसका लागि लगानीमैत्री वातावारण निर्माण गर्न नेपाल सरकारको तर्फबाट पनि उत्तिकै काम हुनुपर्नेमा भारतीय लगानीकर्ताले जोड दिएका थिए ।– आजको अभियानबाट

प्रकाशित : २६ श्रावण २०७२, मंगलवार १७:०९