मौरीघाटमा ज्योति विकास बैंक शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौरीघाटमा ज्योति विकास बैंक शाखा



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमकाबीच राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्धघाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले बैंक आफ्नो सेवा क्षेत्रलाई ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा जानकारी बताए । उक्त कार्यक्रममा राप्तीे गाँउपालिका वडा नं. ४ का अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्तीउद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्यसंघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदनकुमार महत , राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायतअन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०६५ श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको बैंकको यो शाखासहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखाकार्यालय भएका छन् । त्यस्तै बैंकले देशभर ४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार १६:०९