विश्वकप फुटबल:इङ्ल्यान्ड र बेल्जियम एकै समूहमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विश्वकप फुटबल:इङ्ल्यान्ड र बेल्जियम एकै समूहमा



काठमाडौँ । विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलको सन् २०१८ मा हुन लागेको महाकुम्भका लागि समूह चरणको ड्र शुक्रबार सार्वजनिक भएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले विश्वकप फुटबलको २१औँ संस्करणको ड्र मस्कोस्थित क्रेमलिन प्यालेसमा सार्वजनिक गरेको हो ।

सन् २०१८ को जुन-जुलाईमा रुसमा हुने विश्वकप फुटबलको ड्र मा इङ्ल्यान्डले सुरूमै कठिन अवस्थामा गुज्रनुपर्ने भएको छ। उसले समूह चरणकै युरोपको ‘डार्क हर्ष’ का रूपमा परिचित बेल्जियमको सामना गर्नुपर्ने भएको छ । त्यसैगरी सन् २०१० को विजेता स्पेन र पोर्चुगल पनि एकै समूहमा परेका छन् ।

त्यसैगरी दक्षिण अमेरिकाका बलिया टोली अर्जेन्टिना र ब्राजिलले केही सजिला प्रतिद्वन्द्वी पाएका छन् । समूह डी मा रहेको अर्जेन्टिनाले क्रोएसिया, आइसल्याण्ड र नाइजेरियासँग सामना गर्नुपर्ने छ । एक साताअघि रूसमै भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४-२ ले पराजित भएको थियो ।

त्यसैगरी सर्वाधिक पटक विश्वकपको उपाधि उचालेको ब्राजिलले पनि केही सजिला प्रतिस्पर्धी पाएको छ । उसले समूह ई मा सँरहँदै स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

यो विश्वकपमा सहभागी हुने ३२ देशका टोलीलाई ८ समूहमा बाँडेर ड्र सावर्जनिक गरिएको हो। ड्र सार्वजनिक समारोहमा फिफाका अध्यक्ष जेरेमी इन्फान्टिन्हो, रसियन राष्ट्रपति भ्लादमिर पुटिन र विश्व फुटबलका हस्तीहरु पेले, म्याराडोना, रोनाल्डो र रोनाल्डिन्हो पनि उपस्थित थिए ।

विश्वकप सन् २०१८ जुन १४ देखि जुलाई ३१ सम्म रुसमा हुँदैछ । रूसले विभिन्न ११ शहरमा विश्वकप सम्पन्न गर्नका लागि १२ भव्य स्टेडियम धमाधम बनाइरहेको छ ।

यस्तो छ समूह विभाजन

समूह ए: रुस, उरुग्वे, इजिप्ट र साउदी अरेबिया

समूह बी: पोर्चुगल, स्पेन, इरान र मोरोक्को

समूह सी: फ्रान्स, पेरु, डेनमार्क र अष्ट्रेलिया

समूह डी: अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड र नाइजेरिया

समूह ई: ब्राजिल, स्वीट्जरल्याण्ड र कोस्टारिका, सर्बिया

समूह एफ: जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया

समूह जी: बेल्जियम, इंगल्याण्ड, ट्युनिसिया र पानामा

समूह एच: पोल्याण्ड, कोलोम्विया, सेनेगल र जापान

प्रकाशित : १५ मंसिर २०७४, शुक्रबार २२:४५