एनएमबिको २५ प्रतिशत बोनस सेयर पास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबिको २५ प्रतिशत बोनस सेयर पास



पोखरा । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंसीर १५ गते पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०७३÷०७४ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् एनएमबि बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधानले वित्तीय संस्था १० जिल्लाबाट हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती भई ६७ वटा शाखा संचालनमा आएकोमा खुशी ब्यक्त गर्दै एनएमबि बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एक आपसमा साझेदार गर्दै अगाडी वढ्न प्रतिवद्धता ब्यक्त गरे ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले एनएमबि बैंक, एनएमबि माइक्रोफाइनान्स र एनएमबि क्यापिटलले एक आपसमा मिलेर आधुनिक प्रबिधिको भरपुर उपयोग गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजवुद वनाउदै अगाडी वढ्नुपर्ने आवश्यकता भएको कुरा ब्यक्त गरे ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७३÷०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस पाँचौ वार्षिक साधरणसभाले पारित गरेपश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख पचहत्तर हजार पुगेको छ ।


साधारणसभाकोे अवसरमा वित्तीय संस्थाका ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा केन्द्र बैठक संचालन गर्नको लागि आधुनिक प्रविधिको उपयोग गर्दै जाने क्रममा संस्थाको अध्यक्ष उत्तम भ्लोनले ट्याब्लेट बैंकिङ सेवाको उद्घाटन गरे ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ३८ वटा जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु स्थापना गरी २०७४ कात्तिक मसान्तसम्ममा ६४,१५२ जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ७४ लाख कर्जा लगानी र निक्षेप करीव रु ४८ करोड रहेको जनाएको छ ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले स्वागत मन्तब्यका क्रममा वित्तीय संस्थाले ग्रामीण भेगको दुरदराजमा गई कार्य गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने साथै लघुवित्तमा हाल विभिन्न चुनौतीहरु रहेको कुरा ब्यक्त गरे ।

प्रकाशित : १६ मंसिर २०७४, शनिबार २१:१०