यस्ता छन् मोबाईल फोनका रोचक काहानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्ता छन् मोबाईल फोनका रोचक काहानी



१. मोबाइल फोनद्धारा सबैभन्दा पहिले ‘मार्टिन क्रपर’ले ३ अप्रिल १९७३ मा फोन गरेका थिए । उनी मोटोरोला कम्पनिका कर्मचारी थिए ।
२. नोकियाको ११०० मोबाइल आजसम्म सबैभन्दा बढी बिक्री हुने मोबाइल हो । यस मोबाइलको बिक्री २५० मिलियन भन्दा पनि बढी भएको थियो । मोबाइलको इतिहासमा यो एक रेकर्ड हो ।


३. सन् १९८३ मा पहिलो मोबाइल फोन बनाइएको थियो । यो अमेरीकामा बनाइएको थियो । जसको मूल्य ४ लाख राखिएको थियो । यो मोटोरोला कम्पनिको मोबाइल थियो ।
४. जापानमा ९० प्रतिशत मानिसहरु वाटरप्रुफ मोबाइलको प्रयोग गर्छन् । किनकी जापानमा मानिसहरु नुहाउने समयमा पनि मोबाइलको प्रयोग गर्छन् ।
५. ७० प्रतिशत मोबाइल चीनमा बनाइन्छ ।
६. संसारमा ४९ प्रतिशत मानिस आफ्नो मोबाइल गेम खेल्नको लागी प्रयोग गर्छन् । अनी ३० प्रतिशत सामाजिक नेटवर्किङको लागी प्रयोग गर्छन् ।
७. भारतमा शौचालयमा धेरै मोबाइल फोन रहेको तथ्यांक पाइन्छ ।
८. बर्ष २०१२ मा संसारको सबैभन्दा ठुलो कम्पनी एप्पल ले १ सेकेण्डमा ४ वटा मोबाइल बेचेको थिए । अर्थात् प्रतिदिन ३ लाख ४० हजार मोबाइल बेचिएका थिए ।
९. एक औषत व्यक्ति प्रत्येक दिन आफ्नो मोबाइल १०० भन्दा बढी पटक अनलग गर्छ ।
१०. अहिलेसम्मको सबैभन्दा बढी मोबाइलको बिल १४२,००० पाउण्ड आएको थियो अर्थात् २ करोड १७ लाखबढी बिल फ्लोरिडाकी ‘सेलिना आरोस’लाई आएको थियो ।
११. ब्रिटेनमा प्रत्येक बर्ष एकलाख बढी मोबाइलहरु शौचालयमा खस्छन् ।
१२. Sonim XP3300 संसारको सबैभन्दा बलियो फोन हो । जसलाई ८४ फीटको उचाइबाट खसाउँदा पनि केहि भएन । यो फोन गिनिज अफ वल्र्ड रेकर्डमा परेको छ ।
१३. संसारमा फोन प्रयोग गर्ने मानिसमध्ये ९० प्रतिशत मानिसहरु आफ्नो मोबाइलमा आएको टेक्स म्यासेजलाई ३ मिनेट भित्रमा पढ्छन् ।
१४. संसारका ४ विलियन मानिससँग आफ्नो मोबाइल छ तर ३.५ मानिसहरुसँग टुथ ब्रश छैन ।
१५. मोबाइल फोनबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए । जसमा लेखिएको थियो : Merry Christmas
१६. मोबाइल फोनमा सबैभन्दा पहिलो फोटो १९९७ मा ‘फिलिप्पे कहन’द्वारा लिइएको थियो । उनले नै क्यामरा भएको फोनको खोज गरेका थिए ।
१७. एक फोनमा हाम्रो शौचालय भन्दा लगभग १८ प्रतिशत बढी ब्याक्टेरिया पाइन्छन् ।
१८. संसारका १०० मध्ये ८० मानिसहरु मोबाइल प्रयोग गर्छन् ।
१९. स्मार्ट फोनको धेरै प्रयोग गर्नु स्वास्थ्यको लागी हानिकारक मानिएको छ । एजेन्सी

प्रकाशित : १७ मंसिर २०७४, आईतवार ११:०७