स्वावलम्बनको साधारणसभाले पारित गर्यो साढे ३१ प्रतिशत लाभांस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वावलम्बनको साधारणसभाले पारित गर्यो साढे ३१ प्रतिशत लाभांस



काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको साधारणसभाले आफ्ना सेयरधनीलाई दिने लाभांस पारित गरेको छ । कम्पनीको १६ औं बार्षिक साधारणसभाले बोनस सेयर र नगद गरी कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश पारित गरेको हो ।

जस अनुसार सेयरधनीले २० प्रतिशत बोनस र ११ दशमलव ५७ प्रतिशत नगद लाभांस पाउनेछन् ।

साधारणसभाले कम्पनीले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ । स्वावलम्बनले आर्थिक वर्ष २०७३÷७४ मा २६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १६:४६