१७ किलो अबैध सुनसहित छुल्टीम तामाङ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१७ किलो अबैध सुनसहित छुल्टीम तामाङ पक्राउ



काठमाडौं  ।  सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका छुल्टीम तामाङ अवैध १७ किलो सुनसहित पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, बालाजुले आईतबार तामाङलाई १७ किलो अबैध सुनसहित शनिवार पक्राउ गरिएको जानकारी दिएको हो ।

 

विशेष सुचनाको आधारमा तामाङलाई पक्राउ गरिएको परिसरले जानाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको साइलेन्सर पाइपभित्र फलामको चारपाटे आकारको फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा बिस्कुट आकारको १७ थानमा रहेको उक्त परिमाणको सुन र २ थान मोवाइल बरामद बरामद गरिएको हो ।

बरामद गरिएको सुनको हालको मूल्य ८ करोड ८ लाख ९४ हजार ५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १८:२६