सोमबार मध्य राती १२ बजेपछि मौन अवधि, चुनावी प्रचार गर्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबार मध्य राती १२ बजेपछि मौन अवधि, चुनावी प्रचार गर्न नपाइने



काठमाडौं । ४५ जिल्लामा दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सोमबार मध्य राती १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि चुनावी प्रचार गर्न पाइने छैन ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनु भएको छ ।

मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था छ ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १८:३७