भूकम्प पीडित आर्थिक पत्रकारलाई प्रभु बैंकको दुई लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्प पीडित आर्थिक पत्रकारलाई प्रभु बैंकको दुई लाख सहयोग



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले भूकम्प पीडित आर्थिक पत्रकारका लागि स्थापना गरेको सहयोग कोषमा प्रभु बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भूकम्पबाट प्रभावित भएका आर्थिक पत्रकारको सहयोगार्थ स्वेच्छिक रुपमा यो रकम उपलब्ध गराएको हो । 

प्रभुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेको जनाएको छ । सेजनले कोषमा भएको रकम भूकम्पबाट प्रभावित भएका पत्रकारलाई दामासाही रुपमा हस्तान्तरण गर्ने बताएको छ । ‘कोषमा जम्मा भएको रकम दामासाही रुपमा बुधवारदेखि सेजनको अनामनगर कार्यालयबाट हस्तान्तरण हुनेछ,’ सेजनका महासचिव पुष्पराज आचार्यले जानकारी दिए ।

भूकम्पपछि सेजनले आर्थिक पत्रकारहरुको सहयोगार्थ एक लाख रुपैयाँ छुट्याएर कोष स्थापना गरेको थियो । कोषमा आर्थिक पत्रकारमार्फत २८ हजार १ सय ६ रुपैयाँ जम्मा भएको थियो । सेजनले भूकम्पपछि प्रभावित भएका आर्थिक पत्रकारको नामावली संकलन गरेको थियो ।

प्रकाशित : २७ श्रावण २०७२, बुधबार ०२:३७