सेयर बजारमा रातो ग्रह, १ दशमलव ९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारमा रातो ग्रह, १ दशमलव ९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १ दशमलव ९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै समुहले गुमाएका छन्। आज टे«डिड.,इन्स्योरेन्स, उतपादनमुलक र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । मंगलबार कारोबारमा  आएका १६३ कम्पनीको १० लाख ८२ हजार ३ सय ८ कित्ता सेयरबाट ५७ करोड ७७ लाख ६४ हजार ४ सय २६ रुपैयाको कारोबार भएको छ।

मंगलबार सबै भन्दा धेरै होटेल समुहले गुमाएको छ ।

आज होटल समुह १७ दशमलव ५७ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १३ दशमलव ७३ अंकले, बैँक समुह २ दशमलव ९ अंकले, अन्य समुह २ दशमलव ८९ अंकले,विकास बैँक समुह २ दशमलव ८६ अंकले र फाइनान्स समुह १ दशमलव ३९ अंकले ओरालो लागेको छ।

आज टे«डिड., इन्स्योरेन्स , उतपादनमुलक र लघुवित्त समुह भने उकालो लागेको छ। आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह २७ दशमलव ४ अंकले उकालो लागेको छ । आज लघुवित्त समुह ६ दशमलव ६१ अंकले,उतपादनमुलक समुह ३ दशमलव २२ अंकलेर टे«डिड. समुह ० दशमलव ०९ अंकले उकालो लागेको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १५:२४